कोरोना नियन्त्रणमा लाग्नुपर्ने सरकार सत्ता टिकाउन लागेको छ : नेता सिंह



नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताउनुभएको छ । बिहिबार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थीति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने बताउनु भएको हो ।

सरकार कोरोना नियन्त्रणमा लाग्नु पर्ने बेला अनावश्यक रुपमा शिलन्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उहाँको आरोप थियो । उहाँले कोरोनाका कारणले कोहि नेपालीले दुख भोग्नु पर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गर्नु भएको छ । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लागी परेको नेता सिंहको भनाई छ ।देशमा भएका अस्पतालहरुको क्षमता बढाउदै लग्नु पर्ने भन्दै उहाँले भन्नु भयो ‘ दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रीसकेको छ ।रोकथामका लागी तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।’

राजधानी काठुला अस्पताल हरुमा भएका अक्सिजन प्रान्ट समेत संचालन हुन नसकेकाे समाचार सुन्दा अचम्म लागेकाे भन्दै तत्कालै जनस्वास्थ्य का बिषयमा ठाेस कदम चाल्न समेत सरकारलाई आग्रह गर्नु भएकाेछ । अब पनि काेरना नियन्त्रण र राेकथामका बिषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरता लाई बुझेर अघि बढ्न्न सबन्धित समेत सबैमा  अपिल गर्नु भएको छ साथै कार्यक्रममा नेता सिंह मार्फत इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालीकालाई नगद रु. एक लाख एघार हजार रुपैया सहयोग गरेकाेथियाे ।

प्रकाशित मिति : बैशाख ९, २०७८ बिहिबार  ९ : ०५ बजे