एमाले बरीष्ट नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
‘प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्याङ उक्लेर चढेको छ,’ उनले भने, ‘उहाँ हिजो (बिहीबार) धरहरा हेर्दै हुनुहुन्थ्यो । धरहरा हेरेर आफ्नो दम्भ देखाउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौ, पार्टी पनि छोडदैनौँ, संघीयता त्याग्दैनौँ ।’
‘मैले अब जेठ २ गतेमै फर्कौं कमरेड, पार्टी एकतावद्ध बनाएर अगाडि बढाऊँ भन्दा उहाँ आफ्नै अडानमा अडिग हुनुभयो,’ उनले बुधबार र बिहिबार काठमाडौंमा भएको भेटको सन्दर्भ बताए।








