पूर्वसभामुख ढुंगानालाई कोरोना संक्रमण



पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । उनलेसामाजिक संजाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन ।

ट्विटरमा उनले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भए पनि त्यस्तै असहज नभएको र आफ्नो ख्याल गरिहेको उल्लेख गरेका छन्।

उनले प्रश्न गर्दै भनेका छन्”समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’”

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहिबार  ५ : ५२ बजे