जनमोर्चाका सांसद शाही ओलि सरकारको अपहरणमा परेका हुन : बरीष्ठ नेता पौडेल



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा जनमोर्चा साँसद खिमविक्रम शाहीलाई अपहरणमा ओली सरकारको संलग्नता रहेको बताएका छन ।राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई जनमोर्चाले तत्काल कारबाही गर्नुपर्ने समेत नेता पौडेलले सुझाब दिएका छन ।

बिहिबार बिहान न्युज एजेन्सी नेपालसंग कुरा गर्दै पौडेलले प्रधानमन्त्री केपी ओली र काग्रेस सभापति शेर बहादुर देउबा लोकतन्त्र मास्ने खेलमा लागेको आरोप लगाए । नेता पौडेललले सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी गरे ।

उनले  पार्टीले संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ पहल कदमी नगरेको भन्दै उहाँले राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरुबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उलंघन गर्ने काम गरेको टिप्पणी गरे ।

उनले  पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाए । पौडेलले गण्डकी प्रदेश संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल गरे  ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहिबार  ९ : २४ बजे