प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) अपरान्ह ४ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार मन्त्रिपरिषद्को नियमति बैठक बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र केहि निर्णय हुन सक्नेछ।

सिसिएमसीले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने ब ताइएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार  ३ : २७ बजे