प्रधानमन्त्री ओली देउबा निबास बूढानीलकण्ठमा



प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको र उनिहरुबिच उनीहरुबीच छलफल जारी रहेको समाचार प्राप्त भएको छ ।

ओलीसंग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

भेटघाटमा,कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि रहेका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार  ११ : २० बजे