प्रधानमन्त्री निकट व्यावसायीहरुले कोरोना भ्याक्सिन रोकेको समाचारले लज्जित बनायो : शेखर कोइराला



कांग्रस नेता डा .शेखर कोइरालाले कमिसनको मोलमोलाई गर्दै प्रधानमन्त्री ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने समाचारले लज्जित बनाएको बताएका छन् ।।

आज (बिहिबार )सामाजिक सञ्जालमार्फत प्रतिक्रीया दिदै नेता कोइरालाले प्रश्न गरेका छन “महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?”

पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको स्म्स्र्सण गराउदै कोइरालाले देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने बताएका छन ।

कोइरालाले थप भनेका छन ” यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्।”

प्रकाशित मिति : बैशाख २३, २०७८ बिहिबार  ५ : ३६ बजे