राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज



राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।

एमालेले यस अघिनै गृहमन्त्री समेत रहेका रामबहादुर थापा लाई उम्मेद्वार बनाउने निर्णय गरेपनी अन्तिम समयमा चुनाब हार्ने डरले बादल हच्किएका छन ।

कांग्रेस, माओवादी, र जसपाको तर्फबाट भने संयुक्त उम्मेदवार डा . खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेपछी रिक्त हुन आएको राष्ट्रीय सभा सदस्य पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ३ : ३३ बजे