पछिल्लो समय देशको राजनितिले नयाँ मोड लिन थालेको छ ।अहिले सम्मका राजनितिक घटनाक्रमहरुलाई केलाउदा अब प्रधानमन्त्री ओलिले सत्ता छोड्नुपर्ने सम्भाबना देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा अोलीले भोलि सदनमा लिने विश्वासको मत लिने तयारी गरे पनि उनले बिश्वासको मत पाउने सम्भाबना अब टरेर गएको छ ।
सत्तामा पुगेदेखिनै पार्टी भित्रको आन्तरिक सत्ताको लडाइमा अल्मलिएको सत्तारुढ दल्को घर झगडा अन्तिममा आफ्नै पार्टिका प्रधानमन्त्रीलाई असफल बनाउन सांसद पदबाट राजिनामा दिने अवस्थामा आइपुगेको छ ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा लिन लागेको विश्वासको मत असफल बनाउन र नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदले राजीनामा दिने तयारी थालेका छन्।समानुपातिकतर्फका सांसदले राजीनामा दिदा प्रधानमन्त्रीले पुन अरुलाई नियुक्त गर्न सक्ने भएकाले प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने तयारि थालेका हुन ।
माधब नेपाल समुहको आजै बस्ने स्थायी समितिको बैठकले निर्णय गरेर सभामुखलाई राजिनामा बुझाउने तयारी रहेको बुझिएको छ ।प्रत्यक्ष निर्वाचित सांसदहरुले राजिनामाको तयारी गरिरहदाखनाल-नेपाल समूहका समानुपातिकतर्फका सांसदहरूले राजीनामा दिनु पर्ने अवस्था आए आफूहरूले पनि दिने बताएका छन्।
नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१ झलनाथ खनाल, इलाम १
२ माधवकुमार नेपाल, काठमाडौं २
३ योगेश भट्टराई, ताप्लेजुङ
४ जयकुमार राई,सुनसरी १
५ भवानी खापुङ,तेह्रथुम
६ यज्ञराज सुनुवार, ओखलढुंगा
७ गणेश पहाडी, सिन्धुली १
८ पवित्रा निरौला खरेल, झापा २
९ जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०नारायण खतिवडा, नुवाकोट १
११ विरोध खतिवडा,मकवानपुर २
१२ सुरेन्द्र पाण्डे,चितवन १
१३ घनश्याम भुसाल,रुपन्देही ३
१४ गोकर्ण विष्ट,गुल्मी १
१५ मेटमणी चौधरी,दाङ १
१६ हिराचन्द्र केसी, दाङ ३
१७।दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८ राजवहादुर बुढा,दैलेख २
१९ झपट रावल, कैलाली २
२० भीम रावल, अछाम १
२१ कृष्णलाल महर्जन, ललितपुर २
२२ सोमप्रसाद पाण्डे, पाल्पा खनाल
नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु
१ रामकुमारी झाँक्री, गुल्मी
२ बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
३ मुकुन्द न्यौपाने, काठमाडौं
४ कल्याणीकुमारी खड्का, रौतहट
५ लक्ष्मीकुमारी चौधरी, कैलाली
६ गंगा चौधरी सत्गौवा, दाङ
७ निरादेवी जैरु, डडेलधुरा
८ समिना हुसेन, रौतहट
९ पुष्पाकुमारी कर्ण यादव, पर्सा
१० सरलाकुमारी यादव, रौतहट
११ कालिला खान, तनहुँ








