नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता चलिरहेको छ ।आजै सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेपछि दुइ नेता बिच संवादको वातावरण बनेको हो ।
असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने अडान राख्दै आएको छ । भेटवार्ता बूढानीलकण्ठस्थित एक निजी घरमा चलिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।








