जसपा विभाजनको संघारमा :उपेन्द्र पक्षले ठाकुर र महतोमाथि कारवाहीको प्रक्रीया थाल्यो



जसपा नेपालका नेताहरु एकार्कालाई कारबाही गर्न भन्दै छुट्टाछुट्टै बैठक गर्न थालेका छन ।पार्टिको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल थालेको छ ।

अध्यक्षा उपेन्द्र यादव पक्षको आज बसेको केन्द्रीय समितिको बैठक पछी पत्रकारहरुलाई प्रतिक्रीया दिदै जसपा सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताए ।

आजको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको ठहर गरेको उनले बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने दाबी गरे ।

“सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुनसक्दैन । संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाए विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता छानिन्छ”, यादवले पत्रकारहरुसँग भने ।

अबा जसपा पार्टी विभाजनको संघारमा पुगेको आकलन गर्न थालिएको छ भने जसपा भित्र बाबुरामा भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबिच तिव्र मतान्तर शुरु भएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार  १२ : ४१ बजे