एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन



सत्तारुढ नेकपा (एमाले)को विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको वार्तामा आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने सहमति बनेको हो ।

कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य बनाउने निर्णय गरिएको छ । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७८ आइतबार  १० : ५१ बजे