राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम तत्काल फिर्ता हुनुपर्छ : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी ओलिको राजीनामा पनि नदिने,बिश्वासको मत पनि नलिने सोच अधिनायकवादी भएको भन्दै आलोचना गरेका छन ।

पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले शुरु गरेका असंवैधानिक गतिबिधी तत्काल फिर्ता लिन पनि माग गरेका छन ।

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६ को ५ प्रयोग गर्दै बिहिबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेपछी सामाजिक सञ्जालमार्फत नेता पौडेलले यस्तो माग गरेका हुन ।

पौडेलले कोरोना महामारिबाट जनाताको जिबन बचाउनुपर्ने बेलामा राजनितिक हत्कण्डा गरेर राष्ट्रपति र प्रधानमन्त्री कलंकको पात्र बन्न खोजेको आरोप लगाएका छन ।

राष्ट्रपति र प्रधानमन्त्री अधिनायकवादी सोचले ग्रस्त भएको भन्दै उनले कोरोना महामारिबाट जनता जोगाउने दायित्व कसको हो ? प्रश्न गरेका छन ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  २ : ५० बजे