नेपाली काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई खेलौना बनाएको निष्कर्ष निकाल्दै आज साझ ५ बजे अघि नै सबै दलसँग छलफल गरेर केही न केही उपाय निकालेर राजनितिक संकटको समाधान दिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकमा सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गर्दै नयाँ सरकार गठन र राष्ट्रपतिमाथी महाअभियोगबारे समेत छलफल भएको बैठकमा सहभागी सहमहामन्त्री डा .प्रकाशशरण महतले बताए ।
अरु दलसँग तत्काल छलफल गरेर थप निर्णय लिइने उनले बताए ।बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थाहार गरेको छ ।ओली प्रवृत्तिलाई रोक्नुपर्ने अहिलेको प्रमुख अवाश्यकता भएकोमा सबै नेता एकमत भएको पनि बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि कांग्रेसको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा . शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, डा । प्रकाशशरण महत, प्रमुख सचेतक बालकृष्ण खाँणलगायत सहभागी रहेका








