कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेलको सक्रियतामा कोरोना सङ्क्रमित बिरामिहरुको लागी आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । पौडेलको सक्रीयतामा नागार्जुन नगरपालिका १ रानीवनमा अक्सिजनसहितको ३ सय शैय्याको आइसोलेसन सञ्चालनमा आएको हो ।
आइसोलेसन सेन्टरमा हाल १०० वटा अक्सिजन सिलिन्डर ,आवश्यकता परेको खण्डमा थप सिलिन्डर उपलब्ध गराउने र निरन्तर भर्ने गरी), ३०० शैय्याको आइसोलेसन बेड, निःशुल्क उपचार र निःशुल्क खानाको व्यवस्था गरिएको सामाजिक सञ्जालमार्फत पौडेलले जानकारी दिएका छन ।
नागार्जुन नगरपालिका, नेपाल चार्टर्ड एसोसिएसन, नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोसिएसन र सर्वाङ्ग अस्पताल प्रा .लि .को समन्वयमा आइसोलेसन सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिएका छन ।
पौडेलले फेसबुक मार्फत गराएको जानकारि
निरन्तर प्रयासपछि हामीले नागार्जुन नगरपालिका वडा नं. १ रानीबनमा आइसोलेसन सञ्चालनमा ल्याएका छौँ । करिब ३०० बेडको आइसोलेसन सञ्चालनका लागि नागार्जुन नगरपालिका,नेपाल चाटर्ड एकाउन्टेन्ट एसोसिएसन र सर्वाङ्ग अस्पताल प्रा।ली बीचमा समन्वय गराइ आइसोलेसन सञ्चालनमा ल्याएका छौँ ।
प्रारम्भिक चरणमा आइसोलेसन सेन्टर हामीले स्थापना गरेतापनि यसको निरन्तर र प्रभावकारी सञ्चालनका लागि पूर्ण स्वामित्व यीनै संस्थाहरुलाई जिम्मेवारी दिइएको छ । साथै, तत्कालको लागि आइसोलेसन सेन्टरको रुपमा सञ्चालन भएतापनि आगामी दिनहरुमा यसको पूर्ण विकास गर्दै अस्पतालकै रुपमा सञ्चालन गर्ने जिम्मेवारी पनि यीनै संस्थाहरुलाई दिइएको छ ।
आइसोलेसन स्थापनाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र प्रारम्भिक चिकित्सकीय सरसामान र उपकरणहरु हामीले नै उपलब्ध गराएका छौँ । हाललाई १०० वटा अक्सिजन सिलिण्डर ९आवश्यकता परेको खण्डमा थप सिलिण्डर उपलब्ध गराउने र निरन्तर भर्ने गरि० ,३०० सैयाको आइसोलेसन बेड, निःशुल्क उपचार र निःशृुल्क खानाको ब्यवस्था हुने गरि सञ्चालनमा ल्याएका छौँ ।
नोटः उपचारको प्रक्रिामा यो आइसोलेसन सेन्टर भएकाले सम्पूर्ण चिकित्सकीय सेवाहरु भने तत्कालका लागि उपलब्ध छैन । अक्सिजनको मात्रा ९० भन्दा कम भएको अवस्थामा अन्य अस्पतालमा रिफर गरिनेछ ।
कोभिड उपचारका लागि निम्न ब्यक्तिहरुसँग सम्पर्क गर्न सक्नुहुनेछः
प्रकाश ज्ञवाली – ९८४१३८७८४२
भरत पौडेल – ९८५१२०८३३८
सुदीप लामा (एम्बुलेन्सका लागि) – ९८६०७११५१९
यो आइसोलेसन अलपत्र अवस्थामा रहेको सरकारी भवनलाई सरसफाइ गरेर स्थापना गरेका हौं । हाम्रोमा यस्ता कयौ भवनहरू अलपत्र छन् । हामीले प्रयत्न गर्ने हो भने ती भवनहरूको सही उपयोग गर्न सकिन्छ। आफ्नो समुदाय स्तरमा भएका यस्ता भवनहरूको उचित उपयोग गरी सञ्चालनमा ल्याउनका लागि सबैमा आग्रह पनि गर्दछु ।
ती भवनहरुलाई तत्काललाई आइसोलेसन बनाउन सकिन्छ भने भविष्यमा अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । यो अस्पताल सञ्चालका लागि एम्बुलेन्स उपलब्ध गराएर सहयोग गर्नुहुने धादिङ निवासी मधु कुमार श्रेष्ठ, स्वयंसेवकीय, आर्थिक, नैतीक सहयोग गर्नुहुने, चिकित्सकीय उपकरणहरु उपलब्ध गराउनुहुने, साथै निरन्तर सञ्चालनका लागि थप जिम्मेवारी वहन गर्नुहुने संस्थाहरु, लगायत सबैमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।
जय नेपाल ।








