नेपाली कांग्रेस सहितका विपक्षी राजनीतिक दलहरूले सरकारको शसक्त प्रतिकार गर्ने निर्णय गरेका छन ।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको काँग्रेस, माओवादी केन्द्र,एमालेको माधव नेपाल पक्ष,जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलले उक्त निर्णय गरेको हो ।
अब सरकारबिरुद्द आन्दोलनको बिकल्प नदेखिएकोले आन्दोलनको पूर्वतयारी थाल्ने ,सरकारका क्रियाकलापविरुद्ध जनतालाई सूचित गर्ने, जागरुकता ल्याउने खालका कार्यक्रम ल्याउन नेताहरुबिच सहमती जुटेको बैठकपछी बरीष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधि सभा विघटनसहित सरकारका असंवैधानिक कदम विरुद्ध आन्दोलनमा जानेबारे छलफल र निर्णय भएको हो । आजको बैठकमा प्रतिनिधि सभा विघटनसहित सरकारका असंवैधानिक कदम विरुद्ध आन्दोलनमा जानेबारे छलफल र निर्णय भएको हो ।सरकारका अहिलेसम्मका गतिबिधिबाट अब आन्दोलन बाहेको अरु बिकल्प नभएको निष्कर्ष निकालिएको पौडेलले जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति देउवा,बरीष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला,नेता ज्ञानेन्द्रवहादुर कार्की , पुष्पा भुसाल, माओवादीबाट पुष्पकमल दाहाल र नेता देव गुरुङ तेस्तै एमालेबाट वरिष्ठ नेता नेपाल र भीम रावल , जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिइन् ।









