कांग्रेस महामन्त्री प्रा. डा.शशांक कोइरालाले गृह जिल्ला नवलपुरका स्वास्थ्यसंस्थाहरुलाई रु १३ लाख बराबरका स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । डा. कोइरालाले नवालपुरका गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन ।

डा. कोइरालाले सोमबार जिल्लाका लागि ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३००० सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २३०लिटर , आईसियु बेड २ वटा, पिपिई २५० थान स्वकीय सचीव भरत तिवारी मार्फत जिल्लाका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएका हुन ।

उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीहरुले कोरोना महामारिसग जुधिरहेका संस्थाहरुलाई महामारिसगा लड्न सहज हुने नवलपुरका स्थानियहरुले प्रतिक्रीया दिएका छन ।गत बर्ष पहिलोपटक कोरोना सङ्क्रमण फैलिएको समयमा पनि डा. कोइरालाले जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका थिए ।








