संसद् विघटन मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत



यस अघी गठण गरेको संवैधानिक इजलासप्रती सार्बजनिक प्रश्न उठेपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संवैधानिक इजलास पुनर्गठन गर्न सहमत भएका छन् ।सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलपछी प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा पुन: इजलास गठन गर्न सहमत भएका हुन् ।

सर्वोच्च बारका अध्यक्ष शाक्यका अनुसार एक साताभित्रै संशोधन प्रस्ताव ल्याएर त्यसपछि मात्र संवैधानिक विवाद अगाडि बढाइनेछ ।शाक्यले भने, ‘भेटमा संवैधानिक इजलासको नियममै आवश्यकता अनुसार परिर्वतन गरी सिनियारिटीका आधारमा संवैधानिक इजलास गठन गर्न सम्माननीयज्यू सहमत हुनु भएको छ ।’

एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराइ न्याय परिषद्बाट पास गर्ने समझदारी बनेको उनको भनाइ छ । सोही अनुसार सर्वोच्च अदालतको संवैधानिक इजलास अघि बढाइने उनको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ६ : ४९ बजे