जसपाको उपेन्द्र यादव पक्षले सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर,नेता राजेन्द्र महतो सहित ४ जना नेतालाई पार्टीबाट निकालेका छन्। पार्टीबाट निष्कासित हुनेहरूमा सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण पनि छन् ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको बताइएको छ ।यादव पक्षले आइतबार ठाकुर ,महतो सहित ४ जना नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधका थिए। दोस्रो पटक सोधिएको स्पष्टीकरणको समय २४ घण्टा दिइएको थियो।








