नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको हो ।पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु छलफलमै रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ ।
पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ । पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् ।
सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएलाई थप कारबाही रोकेका थिए ।यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।








