तराईलाई मरुभूमीकरण गर्ने राष्ट्रघाती निर्णय तुरुन्त खारेज गरियोस् : प्रचण्ड



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुंगा, गिट्टी, बालुवा निकासी गर्नेबारे बजेटमा गरिएको व्यवस्था खारेज गर्न माग गरेका छन्।उनले बुधबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत् तराईलाई मरुभूमीकरण गर्ने राष्ट्रविरोधी निर्णय खारेज गर्न माग गरेका हुन्।

असंवैधानिक सरकारले बजेटमार्फत् ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ प्रचण्डले लेखेका छन्।

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ११ : ०७ बजे