माधब नेपाल पक्षको केन्द्रीय समितिको बैठक बस्दै : नयाँ पार्टी गठनबारे छलफल



नेकपा एमाले माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।बिहीबार बिहान ११ बजे बस्ने भर्चुअल बैठकमा पछिल्लो समसामयिक विषयमा कुराकानी सगै नयाँअ पार्टी बनाउने बारेमा छलफल हुन बताइएको छ ।

आज बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने ठोस निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिए । हिजो (बुधबार) एक आफू निकट जनबर्गीय संगठनका अगुवाहरु संगको छलफलमा नेता नेपाललाई तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्न सुुुझाब दिएका थिए ।

दोस्रो तहका केही नेताहरु पार्टीलाई २०७५ जेठ जेठ २ को स्थितिमा फर्काउन संस्थापन पक्षसँग वार्तामा रहे पनि त्यसबाट कुनै निकास निस्कने सम्भावना नरहेपछि नेपाल पक्ष अब कडा रुपमै प्रस्तुत हुने भएको हो ।

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहिबार  ३ : १३ बजे