छानबिन समितिले बुझाएको प्रतिबेदनप्रती भेरी अस्पतालका स्वास्थ्यकर्मी असन्तुष्ट, एमाले कार्यकर्ता जोगाउन खोजेको आरोप



नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमणको घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।समितिले सार्बजनिक गरेको प्रतिबेदनमा गुपचुप रूपमा अस्पतालकै कमजोरी औंल्याएको भन्दै समितिको प्रतिबेदनप्रती स्वास्थ्यकर्मिहरु असन्तुष्ट बनेका छन ।

घटनामा संलग्नहरूले राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउने आशंका गरिएकै बेला छानबिन समितिले अस्पतालकै कमजोरी भएको प्रतिबेदन बुझाएपछी असन्तुष्ट स्वास्थ्यकर्मिहरुले राजनीतिक आस्थाका आधारमा दोषी जोगाउने षड्यन्त्र भए त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने प्रतिक्रीया दिएका छन ।

२५ बुंदे प्रतिबेदनमा घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको एक बुँदा राखेर बाकी अस्पतालमा गर्नुपर्ने सुधारका बारेमा उल्लेख गरिएको छ भने घटना सुनियोजित नभएको र बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष निकालिएको छ ।

जेठ १३ गते भएको अस्पताल तोडफोड र आक्रमणको घटनामा अस्पतालकै कमजोरी भएको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। अपराधिलाई कडा कारबाही हुनुको साटो उल्टै अस्पतालकै कारण भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

घटनामा एमालेका नेताहरू जोडिएको भन्दै कारबाहीको चौतर्फी आवाज उठिरहेका बेला छानविन समितिले शंकास्पद प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी माथि भएको अमानवीय आक्रमणलाई समेत अस्पताल प्रशासनको कमजोरीका रूपमा देखाईएको छ ।

घटनामा ओली निकट नेताहरू जोडिएको र उनीहरूले उन्मुक्ति पाउने आशंका भैरहेका बेला छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ ।प्रतिवेदनमा अस्पतालको सेवामा कमी भएको बताइएको छ । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।

त्यतिमात्र होइन छानबिन समितिको प्रतिवेदन नै टालटुले खालको तयार गरिएको छ । प्रतिवेदनमा समग्र अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु(याउन समितले सुझाव दिइएको छ । तर यो घटनामा संलग्नलाई के गर्ने, के कारबाही गर्ने भन्ने उल्लेख गरिएको छैन ।

अर्कातिर प्रतिवेदनमा अस्पतालको सेवालाई गुणस्तरीय बनाउन भनिएको छ।गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावतसहित छोराहरुले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाइलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।घटनामा संलग्न रहेका मृतकका भाइहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शारीरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

घटनालगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।प्रतिवेदन आउनुअघि नै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिटपछि यो घटनाको लिएर चौतर्फी विरोध भएको थियो भने दोषिलाई तत्काल कारबाही गर्न माग गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललगायतले घटनाका दोषीमाथि कारबाहीको माग गरेका थिए भने स्वास्थ्यकर्मीहरूले सुरक्षाको वातावरण हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहिबार  ६ : ४४ बजे