एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित



आज बस्ने भनिएको नेकपा एमालेले स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । “पार्टी स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ,” उनले सूचित गर्दै भनेका छन् ।

पार्टी एकता जोगाउन थप प्रयास गर्नका लागी बैठक पर सारिएको बताइएको छ ।सत्तारुढ एमाले भित्र एकताका लागी हाल तिब्र कसरत चलिरहेको छ ।पार्टिका दोश्रो पुस्ताका नेताहरु पार्टी मिलाउन भन्दै छलफल र बैठक गरिरहेका छन ।

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहिबार  ८ : ५५ बजे