गिट्टी, बालुवा भारत निकासी गर्ने निर्णय फिर्ता लिन देउवाको माग



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सरकार वातावरणीय चक्र खलबलाउन उद्यत रहेको उनको आरोप छ ।

शनिबार विश्व वातावरण दिवसको अवसरमा ट्विट गर्दै उनले पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुने जनाएका हुन् ।

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  १० : ४० बजे