प्रधानन्यायाधीश राणा बिरामी, आजको संवैधानिक इजलास स्थगित



आजको संवैधानिक इजलास स्थगित भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको हो।

प्रधानन्यायाधीश राणाले आफू बिरामी भएको सर्वोच्च प्रशासनलाई जानकारी गराएको बताइएको छ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ५ : ०० बजे