अविरल वर्षापछिको बाढि पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दलले आफु मातहतका जिल्ला समितिहरुलाइ निर्देशन दिएको छ।दलका अध्यक्ष जित जङ्ग बस्नेतले देशैभरिका जिल्ला समितिहरुलाइ परिपत्र गर्दै उद्धार र राहत वितरण कार्यमा जुट्न निर्देशन गरेका हुन।
“जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।” परिपत्रमा भनिएको छ, “त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ । साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ ।”
जय नेपाल ।








