नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कुनै पनि हालतमा दुर्घट्नामा जान नदिनने जिकिर गरेका छन् ।माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सो अवसरमा बोल्दै उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए ।
देशको समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफुहरु क्रियाशिल रहेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने बताए ।
आफुले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्तावसहित एमालेसँग पार्टी एकता गरेको बताउदैं अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाइ चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गिय हरीप्रसाद पन्डितले कम्यूनिस्ट आन्दोलनलाई ठूलो योगदान दिएको भन्दै पौडेलप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समबेदना व्यक्त गरेका थिए । पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो ।
सोमबार साँझ चितवन आएका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल बर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं। २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसंग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरि मंगलबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।








