प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सर्बोच्चमा निरन्तर सुनुवाई



सर्बोच्चमा अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम आजबाट सुरु हुदै छ। गत जेठ २६ मा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

रिट, निवेदकले तत्काल संसद पुनः स्थापना तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट दायर गरेका थिए।

रिट, निवेदक तर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ८ : २७ बजे