काँग्रेस केन्द्रीयसदस्य एबम युबा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलिलाइ अदालतले हैसियत सम्झाईदिएको टिप्पणि गरेका छन।
कामचलाउमा परिणत भएको ओली सरकारले गरेको मन्त्रिपरिषद् विस्तार संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारि गरेपछि पौडेलको यस्तो प्रतिक्रीया आएको हो।
सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले भनेका छन, “काम चलाउ सरकारले मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सर्वमान्य विषय हो।तर,ओलीले संसदीय मर्यादाको समेत ख्याल राखेनन्।दम्भले आफ्नो विवेक गुमाए।अंततःअदालतले उनको हैसियत सम्झाईदिएको छ।”
नेता पौडेलले संसद लाचार भएको टिप्पणि गर्दै सबै राजनैतिक मुद्धाहरु अदालतलेनै फैसला दिनुपर्ने संसदलाई इतिहासले प्रश्न गर्ने उल्लेख गरेका छन।








