कांग्रेससहितका विपक्षी तीन दलका विपक्षीनेताहरुले सरकार बिरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा उनिहरुले ‘प्रतिगमन’विरुद्ध सडकमा उत्रिने निर्णय गरेका हुन् ।
हिजोको बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।
विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको भोलिपल्ट आज(विहीबार)पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन गर्दैछन् ।पार्टिको निर्देशनपछि विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला ओली सरकार जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्टाचार थोपरिएको आरोप लगाएका छन् ।








