बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठान मातहत लैजाने निर्णयप्रति चितवन कांग्रेसको आपत्ति



चितवनमा  रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ ।

सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ति रहेको जनाइएको छ ।

आफ्नै स्वायत्त ऐन, पर्याप्त पूर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीका नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउनसमेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रियस्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत् राख्न समेत काङ्ग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : असार १२, २०७८ शनिबार  ११ : २६ बजे