एमालेको विधान महाधिवेशन आज सकिँदै, यस्तो छ कार्यक्रम



नेकपा एमालेको जारी विधान महाधिवेशन आइतबार सकिँदैछ ।महाधिवेशनले राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्नेछ ।

आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलले साङ्गठानिक प्रतिवेदन र विष्णु पौडेलले विधान संशोधनमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रकाशित मिति : आश्विन १७, २०७८ आइतबार  ९ : ४० बजे