भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना, ४ सैन्य अधिकारिको मृत्यु १४ घाइते



भारतीय सेनाका प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । उनि स्वार हेलिकप्टर तमिलनाडुको कन्नूरमा दुर्घटनाग्रस्त भएको प्रेस ट्रस्ट अफ इन्डिया ((पिटिआइ) ले जनाएको छ ।

रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

सेना प्रमुख रावतसहितअन्य १४ जना बरीष्ठ सैन्य अधिकारी पनि दुर्घटनामा परेका छन ।दुर्घटनामा परेका मध्य ४ जनाको मृत्यु भएको पनि भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन ।घटनाको बारेमा थप बिबारण आउन बाकी छ ।

 

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  २ : २२ बजे