संसदका जारी अबरोध र समसामयीक राजनीतक विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ ।अपरान्ह ४ बजे बस्ने बैठकमा संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।
संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबिच समान धारणा बनाउने उद्देश्यका साथ शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने नजाने सो पार्टीका नेताहरुले बताएका छन् ।








