नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको ७ सय मतगणना सम्पन्न भएको छ । ७ सय मतगणना सम्पन्न हुँदा डा.डिला संग्रौलाले अग्रता बनाएकी छिन् । हालसम्म ७ सय मतपत्र गणना हुँदा उनले ४१८ मत प्राप्त गरेकी छन् ।त्यस्तै उनलाई पछ्याउदै पुप्पा भुषालले ४ सय मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा।आरजु देउवाले ३५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, क्रमशः ईश्वरी न्यौपानेले ३२४, सरिता प्रसाईले ३२०, अनिता देवकोटाले २७६, अम्बिका बसनेतले ३२२, रमा कोइरालाले २७३ र शुसिला ढकालले २६४ मत प्राप्त गरेका छन् । कांग्रेसको विधान अनुसार, खुला महिलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसका लागि ३० जना प्रतिस्पर्धामा छन् ।








