सत्ता गठबन्धन प्रती ढुक्क हुन, प्रधानमन्त्री देउवाको आश्वासन



नेपाली कांग्रेसका सभापति तथा  प्रधानमन्त्री समेत रहेका देउवाले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने भनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ढुक्क हुन आश्वासन दिएका छन् । देउवाले बाहिर जे जस्तो भनिएपनि गठबन्धन चुनावसम्म नै जाने भन्दै आफूले गठबन्धन तोड्ने खालको कुनै निर्णय नगर्ने आश्वासन दिएका हुन् ।

प्रधानमन्त्रीले गठबन्धन तोडिने खालको कुनै क्रियाकलाप आफूबाट नहुने बताउनु भएको छ, प्रचण्डनिकट स्रोतले भन्यो, गत आइतवार बोलाइएको बैठकमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन र सुझाव समिति गठन समेत गरिएको छ ।

देउवाले सोही समितिले दिएको सुझावका आधारमा अघि बढ्ने बताएका हुन् । देउवाले प्रचण्ड र नेपाल दुवैलाई छुट्टाछुट्टै फोन गरेर गठबन्धनविरोधी शक्तिले चलाएको प्रोपोगाण्डामा विश्वास नगर्न आग्रह गरेका हुन् । तत्काल गठबन्धन भत्काएर ओलीसँग साझेदारी गर्ने कुरा हुँदैन,’ देउवानिकट एक नेताले भने,

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  २ : ०७ बजे