कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार प्रस्ताव पारित गरेको छ ।
बैठकले संकल्प प्रस्ताव,धन्यवाद प्रस्ताव, राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव र दल दर्तासम्बन्धी प्रस्ताव पारित गरेको हो। १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेपछि बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार प्रस्ताव हरु पारित गरेको हो। बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।








