महाधिवेशन उद्‌घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा



नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

 

प्रकाशित मिति : पुस ११, २०७८ आइतबार  ३ : ०९ बजे