माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र आजबाट



नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको छ । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : पुस १२, २०७८ सोमबार  १० : ११ बजे