नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि राजधानीको कमलादीमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ ।
सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत सुरु भएको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल चयन गरिएको छ । जसमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।
बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ । सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।








