प्रचण्डको राजनीतिक प्रतिवेदन: छलफलबिनै प्रचण्डप स्थगित गर्नु कमजोरी



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएसँगै कुनै छलफलबिनै प्रचण्डपथ स्थगित गर्नु कमजोरी भएको बताएका छन् । ८औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले केन्द्रीय भेला, केन्द्रीय समिति बैठक वा कुनै फोरमबाट प्रचण्डपथ स्थगित गरिनु कमजोरी भएको उल्लेख गरेका हुन् । दाहालले नयाँ राजनीतिक विचार विकासका लागि प्रचण्डपथ अनुभव र सन्दर्भ सामग्री बने पनि त्यसलाई नब्युँताइने बताएका छन् । पार्टीभित्र कतिपय नेताले अझै पनि प्रचण्डपथ सान्दर्भिक र ब्युँताउने बताइरहँदा दाहालले प्रतिवेदनमा यस्तो उल्लेख गरेका हुन् ।

सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले २१औं शताब्दीमा समाजवादको नेपाली बाटोु शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । पार्टी इतिहासको संक्षिप्त चर्चाु शीर्षकमा इतिहासमा प्रचण्डपथको योगदानुका बारे चर्चा भएको छ ।

प्रकाशित मिति : पुस १२, २०७८ सोमबार  २ : २६ बजे