नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र न्यायोचित सम्मानको उपेक्षाले थप क्षतीपुग्ने तर्फ नेतृत्व समयमै सजग हुन जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमाफर्त नेता केसीले यस्तो बताएका हुन् ।
आन्तरिक तीब्र प्रतिस्पर्धाले वडा देखि केन्द्रसम्मका बिभाजित र थकित मनहरू एकीकृत गर्दै आन्तरिक संयोजन र न्यायोचित सम्मानको उपेक्षाले अरूबढी क्षतीपुग्ने यथार्थतामा नेतृत्व समयमै सजग हुनु जरुरी रहेको उल्लेख गरेका छन् । उनले पार्टी भित्रको चरम गुटबन्दी र विश्वासको सङ्कट निराकरणको उपयुक्त र सम्यक निकासको समय यहि भएको समेत बताएका छन् ।
नेता केसीले ट्वीटमा लेखेका छन्, “नेका भित्रको चरम गुटबन्दी र विश्वासको सङ्कट निराकरणको उपयुक्त र सम्यक निकासको समय हो यो ! आन्तरिक तीब्र प्रतिस्पर्धाले वडा देखि केन्द्रसम्मका बिभाजित र थकित मनहरू एकीकृत गर्दै आन्तरिक संयोजन र न्यायोचित सम्मानको उपेक्षाले अरूबढी क्षतीपुग्ने यथार्थतामा नेतृत्व समयमै सजग हुनु जरुरी छ ।”











