नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैन । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन ।
नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । तर, शर्माले आफू चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएका छन् । महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । तर, शर्माले आफू चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएका छन् ।
माओवादीको महासचिवमा नेताहरु वर्षमान पुन, जनार्दन शर्माबाहेक कृष्ण बहादुर महरा, पम्फा भुसाललगायतले पनि दावी गर्दै आएका थिए । महासचिवमा सन्तुलन मिलाउन सकस पर्ने देखिएपछि अध्यक्ष प्रचण्डले यसअघि चर्चामा नआएको नाम देव गुरुङलाई अघि सारेका हुन् ।
प्रचण्डले गुरुङलाई अघि सारेसँगै शर्माले कुनै पनि हालतमा आफू महासचिवको दौडबाट पछि नहट्ने अडान लिएका छन् । उनले आफ्नो नाममा सहमति नहुने हो भने चुनावी प्रक्रियामा जान समेत तयार रहेको बताएका छन् । महासचिवमा अन्तिम समयसम्म सहमति बन्न नसकेको खण्डमा माहोल चुनावतिर जाने अवस्था बनेको एक नेताले बताए ।








