नेपाली कांग्रेसका युबा नेता प्रदीप पौडेलले स्थानीय तह निर्बाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय स्थानियरुपमै छोदिदिनुपर्ने बताएका छन्
स्याङ्जामा पार्टिको ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔं’’ अभियानको सुरुवात गर्दै पौडेलले एक्लै जित्ने स्थानमा चुनावी तालमेलको आवश्यकता नरहेको स्पस्ट पारेका हुन् ।
पौडेलले भने, एक्लै जित्न सकिन्छ भने कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक छैन,गठबन्धन गर्ने कि नगर्ने केन्द्रको अनुमतिमा स्थानीय पार्टी संरचना र जिल्लाले निर्णय गर्न पाउनुपर्छ।’
नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचनको मनमुटाब आगामी चुनाबमा देखिना नहुनेमा जोड दिए ।उनले स्याङ्जाका ११ वटै पालिकामा कांग्रेस बिजयी हुने समेत दाबी गरे ।
पौडेलले कम्युनिष्ठरु असफल भैसकेको भन्दै अब देशमा शुशासन कायम गर्दै बिकाश र सम्बृद्दी हासिल गर्न कांग्रेस केन्दृत हुने पनि उल्लेख गरे ।








