नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाविधेशन जेठ १३ र १४ गते हेटौंडामा



नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाविधेशन बागमती प्रदेशको राजधानी हेटौंडामा २०७९ साल जेठ १३ र १४ गते गर्ने निर्णय गरेको छ ।आइतबार बसेको युनियनको केन्द्रीय सचिवालयको बैठकले नवौं राष्ट्रिय महाविधेशनको मिती तोकेको हो ।

महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरिएको र आवश्यकताअनुसार अन्य समिति समेत गठन गर्न सकिने पनि बैठकले निर्णय गरेको छ । मिति र स्थान तय भएसँगै महाधिवेशन सफल बनाउनका लागि प्रेस युनियनकर्मी  सबैलाई जुट्न पनि बैठकले आह्वान गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २९, २०७८ आइतबार  ८ : २५ बजे