निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारी दिने प्रतिनिधिहरुले राजीनामा दिँदा स्थानीय तहको काममा अवरोध नहुने बताए ।उम्मेदवारी दिनुअघि राजीनामा गर्ने बताएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् । पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दावी समेत गरे ।
उनले बहालवाला जनप्रतिनिधिले उमेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था सबै उमेदवारलाई समान मैदान उपलब्ध गराएको बताए । बहालवाला जनप्रतिनिधिले राजिनामा नगरि उमेदवार हुदा राज्यको स्रोत साधान उपयोग गरेर स्वच्छ प्रतिष्पर्धा नहुने अवस्था बन्न सक्ने बताए । त्यसैले आयोगले आचारसंहितामा सो प्रावधान राखिएको उनले बताए ।
स्थानीय तह निर्वाचन नियमावली २०७३ को अनुसूची १ मा उमेदवारले सार्वजनिक पदमा बहाल छैन, लाभको कुनै पनि पद धारणा गरेको छैन् भनेर मनोनयन पत्रमा स्वघोषणा गर्नुपर्ने उनले स्मरण गराए। लाभको पद धारणा गरेर स्व घोषणा गर्दा भोलि उजुरी पर्ने हो भने उमेदवारी रद्द हुने सम्भावना भएकोले कानुनी व्यवस्था मध्यनजर गरेरै आयोगले यो व्यवस्था गरेको उनले दाबि गरे ।








