ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण



ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

आज परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

उनका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार  ८ : ३८ बजे