श्रीमतीद्वारा खुर्पा प्रहार गरी श्रीमानको हत्या



काभ्रे चैत, २४–
काभ्रेमा श्रीमतीको खुर्पा प्रहारबाट श्रीमान मृत्यु भएको छ । धुलिखेल नगरपालिका–२ रविओपीमा श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी हुन् ।
धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङको हत्या गरेको काभ्रे प्रहरीले जनाएको छ ।

सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो । सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । फूपु बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । हत्यामा संलग्न लालीमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार  ६ : १२ बजे