छिन्नमस्ता मन्दिर पुगे राष्ट्रपति पौडेल, कृषि क्रान्ति गर्न सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पुजा अर्चना गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पुजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेल मन्दिरमा पुग्दा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउपालिका अध्यक्ष…